काङ्ग्रेस नेता जोशीको उपचारका लागि सरकारबाट १० लाख सहयोग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काङ्ग्रेस नेता जोशीको उपचारका लागि सरकारबाट १० लाख सहयोग


६ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । मस्तिष्कघात पस्चात उपचार गराइरहेका नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीको उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

शुक्रबार बिहान जोशीको अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो । उनलाई हाल राजिब झा लगायत चिकित्सको टोलीले भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस