राजीनामाको चर्चा बिच महान्यायाधिवक्ता खरेलले डाके १ बजे पत्रकार सम्मेलन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राजीनामाको चर्चा बिच महान्यायाधिवक्ता खरेलले डाके १ बजे पत्रकार सम्मेलन


६ चैत्र २०७७, शुक्रबार


बलात्कार

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज एक बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।

पदबाट राजीनामा दिने चर्चा चलिरहेका बेला महान्यायाधिवक्ता खरेलले कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

खरेलले एक बजेको पत्रकार सम्मेलनबाट नै विषयवस्तुको जानकारी हुने बताएका छन् ।

प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारको ‘डिफेन्स’ गर्न नसकेको, कमजोर बहस गरेको र सरकारको प्रतिरक्षा फितलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली खरेलप्रति असन्तुष्ट भएको खबर बाहिरिएको थियो । त्यति बेलै खरेलले राजीनामा दिन खोजे पनि प्रधानमन्त्रीले मुद्दाको टुङ्गो लागेपछि दिन भनेर रोकेको बालुवाटार स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस