एमालेमा समानन्तर गतिविधि शुरु : आज खनाल-नेपाल समूहको महिला भेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेमा समानन्तर गतिविधि शुरु : आज खनाल-नेपाल समूहको महिला भेला


प्रशासन संवाददाता

६ चैत्र २०७७, शुक्रबार


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ ।

माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा ११ बजे शुरु हुने भेलालाई वरिष्ठ नेताद्वय खनाल र नेपालले सम्बोधन गर्दैछन् । २८ फागुनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।

देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको यो समूहको भोलि युवा संघको भेला गर्दैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले नेकपा विवाद अन्त्य गर्दै एमाले र माओवादी केन्द्र पुर्ववत रुपमा पुनर्स्थापना गरेको छ । पुनर्स्थापित एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।

यस्तै आज नै वरिष्ठ नेता माधवकुमार नेपालको निवास (कोटेश्वर) मा प्रदेश–२ का केन्द्रीय सदस्यको बैठक बस्दै छ । ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट कोटेश्वरमा केन्द्रीय सदस्यको २ नम्बर प्रदेशस्तरीय छलफल राख्न लागिएको हो ।

ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट कोटेश्वरमा केन्द्रीय सदस्यको २ नम्बर प्रदेशस्तरीय छलफल राख्न लागिएको हो । दुई दिन (चैत ४ र ५ गते) राष्ट्रिय कार्यकर्ता भेलामा सहभागिता जनाउने क्रममा अहिले काठमाडौंमै रहेका नेकपा एमाले सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तले अहिले बिहान ११ बजे प्रदेश-२ का केन्द्रीय सदस्यको बैठक नेता नेपालको निवासमा बस्न लागेको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस