२ किलो गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२ किलो गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ


६ चैत्र २०७७, शुक्रबार


जनकपुरधाम । २ किलो गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ परेका छन् ।

प्रहरीद्वारा सवारीसाधन चेकजाँचका क्रममा बसमा सबार एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका हुन् ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका(७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस