प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीद्वारा दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीद्वारा दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने


६ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेदेखि बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ ।

राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस