हाइवे उपसमूहका ८ जना इन्जिनियर बढुवा सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हाइवे उपसमूहका ८ जना इन्जिनियर बढुवा सिफारिस


६ चैत्र २०७७, शुक्रबार


Bhautik

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्रांकित तृतीय श्रेणी इन्जिनियर पदमा बढुवाका लागि आठ जनाको नाम सिफारिस गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लोक सेवा आयोगको बढुवा सूचना १२२/०७७–०७८ अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा पूर्तिका लागि कर्मचारीको नाम सिफारिस गरेको हो ।

मन्त्रालयका अनुसार सुमनराज बस्नेत, सुभाष कुमार तिवारी, तुलाकान्त चौधरी, शिक्षा श्रेष्ठ, दमन्ता देवी भट्टराई, दिपेश मनकर्मी, हरि नारायण मण्डल र सूर्यनारायण मण्डल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस