दुई जना सचिवमा बढुवा, कानुन सचिवमा सापकोटा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई जना सचिवमा बढुवा, कानुन सचिवमा सापकोटा


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । दुई जना सचिवमा बढुवा भएका छन् ।

न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव)मा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवासँगै भट्टराईलाई सोही कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापनसमेत गरेको छ ।

बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ । तत्कालिनसचिव ऋषिराज भण्डारी न्यायाधीशमा सिफारिस भएसँगै रिक्त सचिव पदमा सापकोटालाई पठाएको हो ।

त्यसैगरी बैठकले सरकारी वकिल समूहका केही कर्मचारीको पनि सरुवा गरेको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस