यस्ता छन् भोलि(शुक्रवार) बस्ने प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्ता छन् भोलि(शुक्रवार) बस्ने प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची


५ चैत्र २०७७, बिहिबार


विकास र समृद्धि

काठमाडौँ। प्रतिनिधिसभाको सातौँ अधिवेशनको चौथो बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ ।

शुक्रवार दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा कार्यसूची तय गरिएको हो ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । राष्ट्रियसभाका पूर्व सदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि संसद् सचिवालय तय गरेको छ ।

सरकारले पहिलो बैठकका लागि केही अध्यादेश ल्याउने प्रयास गरेको भए पनि संसदमा विरोध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस