स्थानीय तहका कर्मचारीलाई अविलम्ब सिटरोल भर्न अनुरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहका कर्मचारीलाई अविलम्ब सिटरोल भर्न अनुरोध


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । स्थानीय तहमा स्थायी नियुक्त कर्मचारीहरूलाई अविलम्ब सिटरोल भर्न सूचना जारी गरिएको छ ।

राष्ट्रिय कितावखाना(निजामती)ले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५-०७६ पछि स्थानीय तहको रिक्त दरबन्दीमा लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त कर्मचारीहरूलाई अविलम्ब सिटरोल भरी पेस गर्न भनेको हो ।

यसअघि सङ्घमा कार्यरत रही कर्मचारी सङ्केत नम्बर प्राप्त गरी सकेका र हाल स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीहरुमध्ये कतिपय कर्मचारीहरूले हालसम्म पनि सिटरोल भरी राष्ट्रिय कितावखाना(निजामती)मा पेस गरेको नदेखिएको भन्दै सिटरोल भर्न बाँकी कर्मचारीहरूलाई पाँचप्रति सिटरोलसाथ संलग्न गर्नुपर्ने आवश्यक कागगजातहरु संलग्न गरी पेस गर्न भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस