बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौँ बुढानिलकण्ठ घर भएका लाक्पा लामा रहेका छन् । अभियुक्त दुवैजनालाई केन्द्रिय अनुसन्धान ब्यूरोले बिहिबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले ०७७ माघ ९ मा महेन्द्र नारायण श्रेष्ठलाई बीस लाख जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

०७७ माघमा उच्च अदालतले लाक्पा लामालाई १० लाख ४५ हजार जरिवाना र ४ दिन जेल सजाय हुने फैसला गरेको थियो ।

फैसला कार्यान्वयनका लागी उनिहरुलाई अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस