बलात्कारी बाबुलाई २५ वर्ष कारागार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बलात्कारी बाबुलाई २५ वर्ष कारागार


५ चैत्र २०७७, बिहिबार


डोटि । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याई सजाय सुनाएका हुन् । गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

घरमा आमा नभएका समयमा उनले पटकपटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निज विकलाई कारावास सजाय सुनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस