नोटरी पब्लिक परिषद्को खरिदार पदको नतिजा प्रकाशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नोटरी पब्लिक परिषद्को खरिदार पदको नतिजा प्रकाशन


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नोटरी पब्लिक परिषद्को खरिदार पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

आयोगले माघ १ र ३ गते लिएको सहायक द्वितीय खरिदार पदको आन्तरिक र महिला तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो ।

महिलातर्फ एक जनाको माग भएकोमा १९ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये ३ जना उत्तीर्ण भएका छन् ।

यसै गरी आन्तरिकतर्फ पनि एक जनाको माग भएको थियो । तर कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेका छैनन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस