अन्नपूर्ण पोष्टका २८ पत्रकारले दिए सामूहिक राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अन्नपूर्ण पोष्टका २८ पत्रकारले दिए सामूहिक राजीनामा


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । अन्नपूर्ण पोष्ट दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिन बाध्य पारिएको भन्दै एकदेखि २० वर्षसम्म सेवारत २८ पत्रकारले सामूहिक राजीनामा दिएका हुन् ।

पत्रिका बन्द गरी डिजिटाइजेशनमा जाने भन्दै व्यवस्थापन र सम्पादकले पटक पटक राजीनामा दिन दबाब दिएपछि सामूहिक राजीनामा पत्र बुझाएको उनीहरूले जानकारी दिएका छन् ।

‘श्रमजीवी पत्रकार कटौती गर्न लागिएको भन्दै तारन्तार राजीनामाका लागि मात्रै दबाब दिन थालियो । मानसिक र शारीरिकरुपले कार्य गर्ने वातावरण नभएकाले बाध्य भई दबाबपूर्ण अवकाशस्वरुप सामूहिक राजीनामा दिएका छौँ ।’ २८ जनाको हस्ताक्षरित राजीनामा पत्रमा भनिएको छ ।

श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ श्रमजीवी पत्रकार सम्बन्धी नियमावली ५३ र श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ मा श्रमजीवी पत्रकारले पाउनुपर्ने सेवा सुविधा, न्यूनतम पारिश्रमिक २४,३०० लगायतको व्यवस्था छ ।

कोरोना कालदेखि काटिएको तलबको भुक्तानी, गत दसैँ तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा श्रमजीवी पत्रकारहरूलाई दिइनुपर्ने क्षतिपूर्ति, उपदान, सञ्चय कोष, उपचार खर्च, सञ्चित बिरामी बिदा र घर बिदाको रकम लगायत कानुनअनुसार प्रदान गर्नुपर्ने सम्पूर्ण सुविधासहित हिसाब किताब गरी भुक्तानीको व्यवस्था मिलाउन माग गरिएको छ ।

राजीनामापत्रः

No photo description available.No photo description available.

 

 

Tags :
प्रतिक्रिया दिनुहोस