७ स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहमा बढुवा सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७ स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहमा बढुवा सिफारिस


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात जना स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहको पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूह उपसमूहको अधिकृत एघारौँ तहको पदमा कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा सात जनालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा प्रमुख कन्सल्टेन्ट अब्सटेट्रिक्स एन्ड गाइनाकोलोजिष्ट पदमा डा. सुनिलमणि पोखरेल र डा. राजेश अधिकारीलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

यस्तै प्रमुख जनस्वास्थ्य प्रशासकमा डा. प्रकाश शाहलाई बढुवा सिफारिस गरिने भएको छ ।

यसैगरी प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. रोशन न्यौपाने र डा. पवनजंग रायमाझीलाई बढुवा गरिने भएको हो ।

जनस्वास्थ्य प्रशासक पदका लागि केशवराज पण्डित र विजयकुमार झालाई बढुवाको लागि सिफारिस गरिने भएको छ ।

प्रमुख अस्पताल नर्सिङ प्रशासक पदका लागि ४ जनाको माग भएको थियो । उक्त पदका लागि सम्भाव्य उम्मेदवार कायम गरिएको छैन । स्वास्थ्य सेवा ऐन २०५३ को दफा २६ बमोजिम सेवा सर्त पुरा भएको नदेखिएकोले निजहरुलाई सम्भाव्य उम्मेदवार कायम नगरिएको समितिले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस