हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु, तीस महासेनानी सहभागी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम शुरु, तीस महासेनानी सहभागी


५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा नेपाली सेनाले सञ्चालन गर्ने सबैभन्दा माथिल्लो तहको ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ बुधबारदेखि शुरु भएको छ ।

सञ्चालन भएको नवौँ समूहको उक्त तालीमका भिडियो टेलिकन्फ्रेस्मार्फत शुभारम्भ गर्दै बलाधिकृतरथी प्रभुराम शर्माले असहज परिस्थितिमा पनि समयसापेक्ष निर्णय लिनसक्ने नेतृत्व उत्पादन गर्ने पाटोमा तालीम फलदायी हुने विश्वास व्यक्त गरे ।

सेनाको स्वदेशमा हुने सबैभन्दा उच्चस्तरको उक्त तालीममा ३० जना महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पूर्णरुपमा सामाजिक दूरी कायम गरी उक्त तालीम सञ्चालन गरिने जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस