सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप ३४ लडाकू मारिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप ३४ लडाकू मारिए


एजेन्सी

५ चैत्र २०७७, बिहिबार


कान्दाहार । अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीका क्रममा थप ३४ लडाकूको मृत्यु भएको छ ।

तालिबान लडाकूविरुद्ध जारी राखिएको सुरक्षा कारबाहीका क्रममा देशको दक्षिणी कान्दाहार प्रान्तमा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।

लडाकू विमानसमेत परिचालन गरेर गरिएको सुरक्षा कारबाही अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा भएको थियो ।

सुरक्षा कारबाहीका क्रममा अरू नौ जना घाइते पनि भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन् ।

घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस