भोलिदेखि पून: मतदाता नामावली संकलन सुचारू गर्दै आयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलिदेखि पून: मतदाता नामावली संकलन सुचारू गर्दै आयोग


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले गत पुस ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली भोलि चैत्र ५ देखि पुन सुचारू गर्ने निर्णय गरेको छ ।

स्थगित मतदाताको नामाओली बिहिबार देखि पून सुचारु गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले १८ वर्ष उमेर पुगेका १ करोड ६२ लाख ४३ हजार मतदाताको अन्तिम नामावली अद्यावधि गरेको छ ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन कार्य बन्द गरेर अद्यावधिक गर्ने काम शुरू गरेको थियो । पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

आयोगले बिहीवार विज्ञप्ति जारी गर्दै चैत्र ५ देखि पुन: मतदाता नामावली संकल गर्ने जानकारी दिएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस