‘दोहोरी च्याम्पियन’ को आलोचनै आलोचना ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘दोहोरी च्याम्पियन’ को आलोचनै आलोचना !


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


काठमाडौँ । शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ । हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया भने नकारात्मक छन् ।

आलोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् । कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रियासमेत दिएका छन् । त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् ।

चन्द्र शर्माले पछिल्लो समय कि चर्चित दोहोरी गायिका कल्पना दाहालमाथि गरेको जजलाई लिएर धेरै दर्शकले आक्रोशसमेत पोखेका छन् । कल्पना दाहालको प्रस्तुतिपछि चन्द्र शर्माले प्रश्न गर्दै भनेका छन्–‘तपाईँ त्यो पहिला पहिला अरू टिभी सिभितिर देखेको कल्पना बहिनी हो ? तपाईँ अरूतिर कता कता दोहोरीतिर भाइरल साइरल भएको बहिनी हो तपाईँ ? त्यही बहिनी हो ?’

उनी सँगै अर्का निर्णायक रमेश बिजीले दोहोरी च्याम्पियन कहाँ भइरहेको छ सबैलाई भन्नु पर्ने आवश्यक नभएको र जे भोग्यो त्यो भनिनरहनुनपर्ने सुझाएका छन् । त्यस्तै गायक प्रजापति पराजुलीले एक जना प्रतियोगीलाई भनेका छन् –माथि दौरा सुरुवाल चिटिक्क छ । तल जुत्ता भने फुटबल खेल्न जाने जस्तो छ । यहाँ निर पनि नम्बर काट्दिन्थे ?’

यो जुन निर्णयकहरुको प्रश्न गर्ने शैली ‘खसालेर’ बोलेको भन्दै दर्शकहरू रुष्ट भएका छन् । कतिपय प्रतियोगीहरूको प्रस्तुति पश्चात् निर्णायकहरुको नै निर्णय बाझिएकोसमेत देखिन्छ । यो प्रतियोगितामा प्रथम हुनेले २० लाख, द्धितियले १० लाख, तृतीयले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।

निर्णायकहरुले अहिलेका चर्चित तथा लोकप्रिय कलाकारहरुलाईसमेत नचिन्दा कतिपय दर्शकहरूले उनीहरूलाई व्यङ्ग्यसमेत गरेका छन् । भने कतिपयले इन्डियन आइडल हेरेर त्यहाँका निर्णायकहरुको निर्णायक गर्ने तरिका सिक्नु पर्ने प्रतिक्रिया दिएका छन् । कतिपय कलाकारहरूको प्रस्तुतिपछि भने उनीहरूको मनोबल घटाउने तरिकालेर हतोत्साहित गर्ने तरिकाले जज गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस