निफ्रालाई स्पष्टीकरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निफ्रालाई स्पष्टीकरण


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नेपाल इन्फ्रास्टक्ट्रचर बैङ्क (निफ्रा) लाई लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ ।

निफ्राले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको जानकारी दिएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलले तीन दिनभित्र लिखित जवाफ पेस गर्न पत्राचार गरिएको जानकारी दिएका छन् ।

यस्तै आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।

सेयर मूल्यमा प्रभाव पार्न सक्ने यस्ता निर्णयगरेको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस