अधिकृत क्याडेटको नतिजा प्रकाशित, १०७ जना माग भएकोमा ७२ जना मात्रै उत्तीर्ण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अधिकृत क्याडेटको नतिजा प्रकाशित, १०७ जना माग भएकोमा ७२ जना मात्रै उत्तीर्ण


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नेपाली सेनाको अधिकृत क्याडेटको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । मङ्सिर २२, २३, २४ र २५ गते लिइएको नेपाली सेनाको अधिकृतस्तरको परीक्षाफल प्रकाशित भएको हो ।

आन्तरिक प्रतियोगिताद्वारा छनौट हुने पदिक/हुद्दा अधिकृत क्याडेट पदको लागि एक सय सात जनाको माग गरिएको थियो । जसमा एक सय ८५ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये माग पद भन्दा न्यून ७२ जना मात्रै उत्तीर्ण भएका छन् ।

उत्तीर्ण हुने उम्मेदवारले अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न भनिएको छ ।

नामावली :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस