टायर पड्किएर वीङ्गर गाडी दुर्घटना, एकको मृत्यु, ६ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टायर पड्किएर वीङ्गर गाडी दुर्घटना, एकको मृत्यु, ६ घाइते


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


काठमाडौँ । कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको भने अन्य ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ।

घाइतेको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस