ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा थप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा थप


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । ग्लोबल आइएमई बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको छ ।

बैंकले रोल्पा जिल्लाको सुनील स्मृति गाउँपालिका वडा नम्बर १, घोडागाउँ र वडा नम्बर ८, अरेस बजारमा शाखारहित बैंकिङ सेवाको लागि क्रमशः मधु केसी र दीपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले ७५ वटा जिल्लामा २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस