बहराइनका राजकुमारले अनुमतिबिनै कसरी ल्याए खोप ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बहराइनका राजकुमारले अनुमतिबिनै कसरी ल्याए खोप ?


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारले अनुमति बिनै आस्ट्राजेनेकाको खोप ल्याउन सफल भएका छन् ।

नेपालमा कोरोनाविरुद्ध खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ । तर, बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफा सोमवार झन्डै दुई हजार डोज आस्ट्राजेनेका खोप स्वीकृति बिनै नेपाल ल्याउन सफल भएका छन् ।

नेपालका औषधी नियामकहरूले बहराइनका राजकुमारले आफ्नो अनुमतिविनै कोभिड १९ विरुद्धको खोप कसरी ल्याए भन्ने बारे अनुसन्धान भइरहेको जनाएका छन् ।

यसबारे सम्बन्धित निकाय बेखबर छ । औषधी व्यवस्था विभागका प्रवक्ताले खोप कसरी नेपाल भित्रिन सक्यो भनेर औपचारिक छलफल थालिएको बताएका छन् ।

बहराइनको दूतावासले जनाए अनुसार ती राजकुमारले  गोरखा जिल्लाका केही मानसहरूलाई उक्त खोप दिन चाहेका थिए । भ्रमण व्यवस्थापन गरिरहेको सेभेन समिट्स ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईँले बताए अनुसार सात दिन क्वारन्टीनमा बसेपछि राजकुमारको टोली गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका जानेछ। त्यहीँको सामागाउँमा उक्त खोप दिने योजना बनाइएको उनले बताए। त्यसपछि सगरमाथा आरोहण गर्ने राजकुमारको योजना रहेको बताइएको छ।

नेपालले २७ जनवरीबाट खोप कार्यक्रम सुरु गरेको छ र उसले जोखिम समूहलाई प्राथमिकतामा राखेर खोप दिइरहेको छ। ६५ वर्ष र माथिका उमेर समूहका मानिसहरूले यतिखेर नेपालमा खोप लिइरहेका छन्। बीबीसीको सहयोगमा

Tags :
प्रतिक्रिया दिनुहोस