भोलिको राष्ट्रिय भेलामा को–को जान्छन् नजर लगाइनेछ -ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलिको राष्ट्रिय भेलामा को–को जान्छन् नजर लगाइनेछ -ओली


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहले डाकेको भेलामा जानेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

चियापान बहिष्कार गर्नेहरूप्रति कटाक्ष गर्दै उनले भोलिको राष्ट्रिय भेलामा को–को जान्छन् नजर लगाइने भनेका छन् ।

‘भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ ? एक नजर चाँही त्यता राखेको छु’ प्रधानमन्त्री ओलीले भने ‘पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसंग नलड्ने निहुँ खोजुवाहरूसंग नझुक्ने । हाम्रो नीति त्यही हो ।’

उनले पार्टीको चियापान कार्यक्रममा उपस्थित नभएकोमा पनि असन्तुष्टि पोेखेका छन् । ‘एकथरि अनुहारका साथीहरू चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस