कर्णालीलाई स्कुस उपहार ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्णालीलाई स्कुस उपहार !


३ चैत्र २०७७, मंगलबार


सुर्खेत । कर्णालीका कृषकलाई सन्दकपुर गाउँपालिका इलामले स्कुसको बीउ उपहार दिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको माग अनुसार सन्दकपुरमा उत्पादित १ सय ५४ बोरा स्कुसको बीउ उपहार स्वरूप इलामले दिएको मन्त्रालयले जनाएको छ ।

स्कुस घर आँगनमा सजिलै फल्ने, धेरै फल्ने, सुपाच्ये, स्वादिलो, स्वास्थ्यकर र सस्तो बहुउपयोगि नेपाली भान्साको तरकारी हो । स्कुसको जरा, मुन्टा, फल सबै स्वाद फेर्दै खान सकिन्छ । स्कुसलाई तरकारी बनाएर मात्र हैन, उसिनेर पनि खान सकिन्छ भने म।म बनाएर खाए पनि हुन्छ । पाककलाका पारखीहरूले स्कुसका दर्जनौँ परिकारहरू बनाउने गर्छन् ।

स्वास्थ्य, आय आर्जन र कृषकका निम्ति यो बहु उपयोगी तरकारी स्कुस कर्णाली प्रदेश मध्यपहाडि क्षेत्रको माटोका लागि उपयुक्त भएको र कर्णालीका करिव ६ हजार किसानलाई १ सय ५४ बोरा उपहार स्कुस वितरण गर्न लागेको कृषि मन्त्रालयले जनाएको छ । पोषक तत्त्वयुक्त बहु उपयोगी स्कुस कर्णाली कृषकको माटोमा माग गरिएको, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सचिव डा। राजेन्द्र प्रसाद मिश्रले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस