कार्यकक्षमै स्वास्थ्यकर्मीमाथि कुटपिट : गाउँपालिका कर्मचारीले गरे विरोध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कार्यकक्षमै स्वास्थ्यकर्मीमाथि कुटपिट : गाउँपालिका कर्मचारीले गरे विरोध


३ चैत्र २०७७, मंगलबार


जाजरकोट । जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक तथा स्वास्थ्यकर्मी योज्ञेश्वर बस्नेतलाई कार्यकक्षमै कुटपिट गरिएको छ ।

जुनीचाँदे गाउँपालिका–२ का स्थानीय खडकबहादुर शाही र तेजबहादुर शाहीले मदिरा सेवन गरेर कार्यालय भित्रै बस्नेतमाथि कुटपिट गरिएको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीले विरोध गरेका छन् ।

जुनीचाँदे गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विज्ञप्ति जारी गर्दै घटनाप्रति खेद व्यक्त गरेका हुन् ।

उनीहरुले विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई कारवाहीको माग गरेका छन् । जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका प्रतिनिधि नै यस कार्यमा संलग्न हुनुले कर्मचारी प्रशासनमा डर र त्रासपूर्ण वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस