सर्वदलीय बैठक सुरु, को-को पुगे शितल निवास ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वदलीय बैठक सुरु, को-को पुगे शितल निवास ?


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । सर्वदलीय बैठक राष्ट्रपति भवन शितल निवासमा सुरु भएको हो ।

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्।

यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति विमलेन्द्र निधि सहभागी भएका छन्।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् भने जनता समाजवादी पार्टी (जसपा)बाट महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी भएका छन्।

यसैगरी बैठकमा नेपाल मजदूर किसान पार्टीका तर्फबाट सांसद प्रेम सुवाल र राप्रपाबाट प्रकाशचन्द्र लोहनी सहभागी छन्। मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल तथा पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार अपराह्नका लागि सर्वदलीय बैठक आह्वान गरेकी थिइन्।

माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराई भने शितल निवास गएनन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस