सभापति देउवाको मौनता रहस्यमय छ : नेता पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सभापति देउवाको मौनता रहस्यमय छ : नेता पौडेल


प्रशासन संवाददाता

३ चैत्र २०७७, मंगलबार


पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनमा सभापति देउवाको मौनता रहस्यमय रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद/माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको छ भने ।

नेता पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् ।

‘संसद्मा हाम्रो सङ्ख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ’, उनले भने । उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताए । वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेसमात्र रहेको दाबीसमेत गरे ।

नेता पौडेलले तीन दशकदेखि पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई नगद २५ हजारसहित सम्मान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस