सुनको मुल्य तीन दिनदेखि स्थिर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुनको मुल्य तीन दिनदेखि स्थिर


प्रशासन संवाददाता

३ चैत्र २०७७, मंगलबार


काठमाडौं । नेपाली बजारमा ३ दिनदेखि सुनको भाउ स्थिर रहेको छ । चैत १ गते प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता पुनः बढेको छैन् ।

मंगलबार (आज) पनि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीन दिनदेखि तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार १ सय ५० रूपैयाँ रहेको छ ।

चाँदीको भाउ भने सोमबारको तुलनामा आज बढेको छ । सोमबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस