राष्ट्रपति भण्डारीले लगाइन कोरोना विरुद्वको खोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीले लगाइन कोरोना विरुद्वको खोप


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्वको खोप लगाएकी छन् । उनले आज सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप विश्वसनीय रहेको भन्दै निर्धक्क भएर लगाउन सर्वसाधरणलाई आग्रह गरिन् ।

कोरोना भाइरस विरुद्धको दोस्रो खोप अभियान अन्तर्गत नेपालमा हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप दिने सरकारको योजना छ ।

नेपालमा हालसम्म १५ लाख ५५ हजारले कोरोनाविरुद्धको खोप लिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि कोरोना विरुद्वको खोप लगाइसकेका छन् । प्रधानमन्त्री ओलीले फागुन २३ गते त्रिवि शिक्षण अस्पतालमा पुगेर सो खोप लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस