खनाल-नेपाल समूहले राष्ट्रिय भेला नरोक्ने, चियापानमा बालुवाटार नजाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खनाल-नेपाल समूहले राष्ट्रिय भेला नरोक्ने, चियापानमा बालुवाटार नजाने


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने बताएका हुन् ।

अध्यक्ष ओलीसहितका नेताहरुसँग खनाल-नेपाल समुहले आज (सोमबार) पार्टी कार्यालय धुम्बाराहीमा दुई घण्टा भन्दा बढी भएको छलफल सकारात्मक हुन नसकेको भन्दै नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् ।

धुम्बाराहीबाट फर्किएपछि खनाल-नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । उक्त भेलामा सहभागी एक नेताका अनुसार, ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले कुनै पनि कार्यक्रम नरोकिने निर्णय नेपालले सुनाएका छन् ।

त्यसैगरी ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने बताएका छन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।

अध्यक्ष ओली र नेपाल समुहको आजको छलफलमा दुवै समुह आ-आफ्नो अडान प्रस्तुत गरेका थिए । नेता नेपाल समुहले फागुन २८ को निर्णय खारेज गर्नुपर्ने अडान राखेका थिए, भने ओली समुह उक्त निर्णय खारेज गर्ने पक्षमा थिएन ।

गत २८ फागुनमा ओलीले आफू पक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस