माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।

आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरे संगै बैठक केही दिनका लागि स्थगित गरेको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता श्रेष्ठल बताए । उनले भने, ‘अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने भएको छ ।’

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस