माओवादी केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रीय कमिटी बैठक सुरु


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा सरकार गठनबारे पनि छलफल हुने बताइएको छ ।

आइतवार सुरु भएको बैठकमा पार्टीको सांगठनिक अवस्थाका बारे छलफल भएको थियो ।

बैठकले माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फर्कन बैठकले निर्देशन दिएको थियो। पार्टीमा फर्किन निर्देशन दिए पनि शनिवारको स्थायी कमिटी बैठकले सरकारमा सहभागी तथा एमालेमा प्रवेश गरेको बारे २४ घण्टे स्पष्टिकरण सोधेको थियो।

माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस