केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु


२ चैत्र २०७७, सोमबार


काठमाडौँ। नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुमबाराहीमा छलफल शुरु भएको छ ।

छलफलमा ओलीका तर्फबाट केपी ओली, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपालका तर्फबाट नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस