वीर अस्पतालको निमित्त निर्देशकमा डा. शान्ता सापकोटा « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

वीर अस्पतालको निमित्त निर्देशकमा डा. शान्ता सापकोटा


२ चैत्र २०७७, सोमबार


काठमाडौँ । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. शान्ता सापकोटालाई दिइएको छ।

डा. सापकोटालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. डिएन साहले निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीको कार्यकाल आइतबारदेखि नै सकिएकोले अस्पतालको दैनिक कामकाज चलाउन डा. सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको हो।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मा दिइएको हो ।

ऐनेस्थेसियोलोजिष्ट डा. सापकोटा अस्पतालकी वरिष्ठ हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस