सिरहा बम विस्फोटको जिम्मा गाइत समुहले लियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिरहा बम विस्फोटको जिम्मा गाइत समुहले लियो


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


काठमाडौं । सिरहाको लहानमा भएको बम विस्फोटको जिम्मा गाइत समूहले लिएको छ । जिल्ला मालपोत कार्यालय, सिरहामा आइतबार (आज) भएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लियो ।

केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको जानकारी दिएका छन् । कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत सोहि समूहले दिएको छ ।

बम विस्फोटमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये १ जना गम्भिर अवस्थामा पुगेका छन् । उनलाई आजै नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । अहिले उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस