पछिल्लो २४ घण्टामा ५३ संक्रमित थपिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ५३ संक्रमित थपिए


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा २ हजार ६ सय १५ पीसीआर नमुना परीक्षण भएका छन् ।

यस्तै, आइतबार ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।

हालसम्म नेपालमा २२ लाख १५ हजार ४ सय ११ पीसीआर परीक्षण भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

मुलुकभर ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस