सिरहा बम विस्फोट: एक जनालाई थप उपचारको लागि काठमाडौं ल्याइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिरहा बम विस्फोट: एक जनालाई थप उपचारको लागि काठमाडौं ल्याइँदै


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

आइतबार (आज) दिउँसो सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा ६ जना घाइते भएका छन् । जसमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं ल्याउन लागेको प्रहरीले जनाएको छ ।

यसैबीच, बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । एक विज्ञप्ति जारी गर्दै गोइतले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उक्त स्थानमा विष्फोट भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस