प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


मोरङ । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २ गते बस्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम –३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस