१२ उपसचिवको सरुवा[नामावलीसहित] « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१२ उपसचिवको सरुवा[नामावलीसहित]


१ चैत्र २०७७, आइतबार


समायोजन

काठमाडौँ । नेपाल सरकारका १२ जना उपसचिवको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई मन्त्रालय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ ।

मन्त्रालय स्रोतका अनुसार युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जगदीशचन्द्र सिवाकोटीको जिरी नगरपालिका दोलखामा सरुवा भएको छ भने जिरीका अर्जुन गौतमलाई माडी नगरपालिका चितवन पठाइएको छ । माडी नगरपालिकाका जीवन ज्ञवालीलाई बागलुङ नगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखनाथ न्यौपानेलाई शंखरापुर नगरपालिका काठमाडौँ, खानेपानी मन्त्रालयको राजेन्द्र कार्कीलाई बुढानीलकण्ठ नगरपालिका काठमाडौँमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार : केही सहसचिवसहित दर्जन उपसचिवको सरुवा

यसैगरी मन्त्रालयका गोपाल प्रसाद बगालेलाई धनगढीमाई नगरपालिका सिराहा, बोदबरसाईन नगरपालिका सप्तरीका गजेन्द्रनाथ शर्मालाई सुरुङ्गा नगरपालिका सप्तरी, बुढानीलकण्ठ नगरपालिकाका वैकुण्ठप्रसाद सापकोटालाई मध्य नेपाल नगरपालिका लमजुङ, जिल्ला समन्वय समिति जाजरकोटका ध्रुव प्रसाद कोइरालालाई बडिमालिका नगरपालिका बाजुरा सरुवा गरिएको छ ।

त्यसैगरी मध्यनेपालल नगरपालिका लमजुङका चिरञ्जीवी पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका भीम बहादुर कुँवरलाई जिल्ला समन्वय समितिको कार्यालय कपिलवस्तु र श्रम मन्त्रालयका उपसचिव महेश तिम्सिनालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस