माओवादी केन्द्र : गृहमन्त्री बादलसहितका नेताहरूलाई कारबाहीको प्रस्ताव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्र : गृहमन्त्री बादलसहितका नेताहरूलाई कारबाहीको प्रस्ताव


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका नेताहरूलाई कारबाही गर्ने प्रस्ताव गरेको छ ।

सर्वोच्चको फैसलापछि सरकारमा रहेका र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने २३ जना पूर्व माओवादीका नेताहरूलाई कारबाहीको लागि प्रस्ताव गरिएको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार माओवादी केन्द्र अलग भइसकेपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासनको कारबाहीबारे छुट्टै बुँदामा उक्त प्रस्ताव राखिएको जनाइएको छ ।

यसअघि शनिवार स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले बादलसहितका नेताहरूलाई पार्टी सरकारबाट फिर्ता हुन निर्देशन दिनुका साथै २४ घण्टे स्पष्टीकरण समेत मागेको थियो ।

बादलसहित २३ नेता अहिले सरकारमा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ती नेताहरूलाई नेकपा एमालेको विभिन्न जिम्मेवारी दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस