प्रदेश १ को बैठक अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ को बैठक अनिश्चितकालका लागि स्थगित


१ चैत्र २०७७, आइतबार


काठमाडौँ। प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतवार प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको छ । उक्त प्रस्तावमाथि अब बस्ने बैठकमा छलफल गरिने छ । अविश्वासको प्रस्ताव फागुन ९ गते नै पेश भएको थियो ।

फागुन ९ गते अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो ।

त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । चैत २ गतेको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस