साउदीमा मालिकको अनुमतिबिनै विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साउदीमा मालिकको अनुमतिबिनै विदेशी कामदारले काम फेर्न र देश छोड्न पाउने


एजेन्सी

१ चैत्र २०७७, आइतबार


रियाद । साउदी अरबमा अब विदेशी कामदारले मालिकको अनुमति बिना नै काम फेर्न र देश छोड्न पाउने भएका छन् । साउदी सरकारले विदेशी कामदारहरूका लागि सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गरेको हो।

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको हो।

योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिन सक्ने छन् । विदेशी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ।

यो व्यवस्थाबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने छन्।

विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको थियो। विदेशी कामदारको हक खोसिएको भन्दै यसको विरोध भएको थियो।

केही मानव अधिकारवादी संस्थाहरूले आइतबारदेखि लागू भएको उक्त व्यवस्थाको स्वागत गरेका छन् । काफला प्रणालीका केही प्रावधान भने अझै पनि जारी रहेकोमा ती संस्थाहरुले असन्तुष्टि जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस