दुर्गम क्षेत्रमा उडान गर्न अनुमति माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुर्गम क्षेत्रमा उडान गर्न अनुमति माग


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


काठमाडौँ । शिवम् एयरलाइन्सले नेपालका दुर्गम क्षेत्रमा व्यावसायिक हवाई उडान अनुमतिका लागि सरकारसँग माग गरेको छ । दिनेश आचार्य संस्थापक रहेको उक्त कम्पनीले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा व्यावसायिक उडानको प्रस्ताव राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको हो।

कम्पनीले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा छोटो धावनमार्ग भएका (स्टोल) विमानस्थलमा उडान गर्ने प्रस्ताव गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उक्त एयरलाइन्सले काठमाडौँ लगायतका अन्य हब विमानस्थलबाट उडान गर्ने प्रस्ताव गरेको हो। उडान अनुमतिका लागि आवेदन परेपछि मन्त्रालयले अहिले अध्ययन समिति बनाइसकेको छ। एयरलाइन्सलाई अनुमति दिन सकिने वा नसकिने विषयमा अध्ययन गर्न एउटा समिति बनाइएको एक उच्च अधिकारीले जानकारी दिए।

मन्त्रालयबाट लाइसेन्स पाएपछि कम्पनीले जनओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिन्छ। मन्त्रालयले लाइसेन्स दिनुअघि पनि सुझावका लागि प्राधिकरणको राय लिन्छ। प्राधिकरणले उडान सुरक्षाको ग्यारेन्टी तथा कम्पनीको सक्षमताका विषयमा अध्ययन गरेपछि एनओसी जारी गर्छ।

यस्तो अनुमति पाएपछि एयरलाइन्सले जहाज खरिद गर्ने बाटो खुला हुन्छ। खरिद गरेपछि मात्र उडान अनुमतिको प्रक्रिया सुरु हुन्छ।

हाल नेपालमा निजीबाट तारा, समिट र सीता एयरलाइन्सले स्टोल गन्तव्यमा उडान गर्छन्। बुद्ध एयरले तुम्लिङटारमा उडान गर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस