प्रहरी कर्मचारीको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित, ४४५ जना अन्तर्वार्ताका लागि छनौट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी कर्मचारीको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित, ४४५ जना अन्तर्वार्ताका लागि छनौट


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाफल प्रकाशित भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी (माली/बगैँचे, भान्छे, हजाम, सिलाई/बुनाई, कुचीकार र खेलाडी) का लागि लिइएको प्रयोगात्मक परीक्षा नतिजा प्रकाशित भएको हो ।

शनिवार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै प्रयोगात्मक परीक्षामा उत्तीर्णलाई अन्तर्वार्ताका लागि छनौट गरिएको जानकारी दिएको छ ।

अन्तर्वार्ता लागि प्रहरी कार्यालय सहयोगी(माली बगैंचे १५ जना, भान्छेमा ३१५ जना, हजाम १७ जना, सिलाई बुनाई २४, कुचीकार ५६, खेलाडी १८ जना छनोट भएका छन् ।

अन्तर्वार्ता चैत्र १ देखि हुने भनिएकोमा चैत्र ३ देखि सञ्चालन हुने जानकारी दिएको छ । अन्तर्वार्ता प्रदेश प्रहरी तालिमकेन्द्रहरु (विराटनगर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगन्ज र दिपायल) र महानगरीय प्रहरी शिक्षालय महाराजगन्जमा सञ्चालन हुने जानकारी दिएको छ ।

अन्तर्वार्ता दिने उम्मेदवारहरूले आफूले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र, प्रवेश पत्र र समावेशी समूहमा उत्तीर्ण उम्मेदवारहरूले समावेशीको प्रमाण पत्रसमेत साथमा लिई परीक्षा सुरु हुनु एक घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस