दुई कम्पनीको शेयरमूल्य समायोजन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई कम्पनीको शेयरमूल्य समायोजन


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन गरिएको हो ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय ४५ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले अन्तिम कारोबार मूल्य एक हजार २ सय ५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी सिर्जना फाइनान्स कम्पनी लिमिटेडको १३.५९ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८५ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस