हुरी र चट्याङ्सहित वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुरी र चट्याङ्सहित वर्षाको सम्भावना


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । आज देशका केही स्थानमा हुर चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्टयाङ्हु/रीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस