जसपा कसैको पुच्छर होइन : बाबुराम भट्टराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जसपा कसैको पुच्छर होइन : बाबुराम भट्टराई


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नभई आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको बताएका छन्। डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सो कुरा बताएका हुन् ।

उनले जसपाले आफ्नै नेतृत्वमा सरकार सञ्चालन गर्ने संकेत दिएका छन् । उनले भनेका छन्,‘ ‘यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।’

यस्तै उनले गणतन्त्र, संघीयतालगायतमा कसैसँग सम्झौता गर्न नहुने बताएका छन् । ‘गणतन्त्र,।संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता गर्दैन,’ उनले भनेका छन्।

भट्टराईले यो बेला जसपाले परम्परागत राजनीतिको अग्रगामी विकल्प खोज्नुपर्ने पनि बताएका छन्।

उनले लेखेका छन्, ‘यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरु परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।’

संसद् पुनर्स्थापना पछि र नेपाल कम्युनिष्ट पार्टी अलग भएपछि अहिले जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटघाटलाई जारी राखेका छन्। सत्ता समीकरणका लागि जसपा निर्णायक देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस