त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण


१ चैत्र २०७७, आइतबार


काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११ महिनाको बच्चामा सफल कलेजो प्रत्यारोपण गरिएको छ । पहिलो पटक नेपालमा एक वर्ष भन्दा कम उमेरको बच्चामा कलेजो प्रत्यारोपण सफल भएको हो ।

शनिवार काभ्रेका ३५ वर्षीया बाबुले आफ्नो ११ महिनाको बच्चा लाई कलेजा दान गरेका हुन् । जन्मेदेखि नै कलेजोको समस्या रहेका ती बच्चामा सफल कलेजो प्रत्यारोपण भएको त्रिवि शिक्षण अस्पतालबाट जानकारी प्राप्त भएको छ ।

अहिले बाबु र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको बताइएको छ । यसअघि त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्यसयता पाँच बिरामीको कलेजो प्रत्यारोपण भइसकेको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सुरु भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस