खनाल-नेपाल समूहले चैत्र ४ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खनाल-नेपाल समूहले चैत्र ४ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने


२९ फाल्गुन २०७७, शनिबार


काठमाडौँ। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि खनाल-नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो ।

शनिबार काठमाडौँमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको नेता भीम रावलले जानकारी दिए ।

नेता रावलका अनुसार चैत  ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ । जसमा आगामी कार्यदिशाबारे थप निर्णय लिइने खनाल-नेपाल पक्षको तयारी रहेको छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता रावलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस